Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

त्रिकोणात्मक ट्वान्टी २० शृङ्खला

कुशल मल्लको अर्धसतक, नेपालद्वारा नामिबियासामू १८१ को लक्ष्य

उद्घोष सम्वाददाता
१८ फागुन २०८०, शुक्रवार

विराटनगर । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाअन्तर्गत नेपालले नामिबियासामू १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कुशल मल्लको उत्कृष्ट प्रदर्शनका कारण नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन जोडेको हो । मल्लले नेपालका अर्धसतक प्रहार गरेका हुन् ।

नेपालले नामिबियासँग टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । ११ ओभरको समाप्तिमा चार विकेट गुमाएपछि दवावमा पुगेको नेपाललाई कुशलले बचाउ गरे । 

उनले ३७ बलमा ४ छक्कासहित ५५ रन जोडे ।

कप्तान रोहित पौडेल भने ११ रनमा आउट भएका थिए । नेपालका गुल्सन झाले २६, अनिल साहले २३ रनको योगदान गरे ।

नामिबियाका वेन सिकंगोले सर्वाधिक ३ विकेट चड्काए । ज्याक ब्रसेलले २ विकेट लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेपालले फाइनलको स्थान सुरक्षित गर्न आजको खेल जित्नैपर्ने दबाबमा छ । 

यसअघिका दुई खेलमा भने नेपाल पराजित भएको छ । पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्सँग पराजित भएको हो ।

View : 247

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved