विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच अहिले नै मुख्यमन्त्री नफेर्ने सहमति हुँदै गर्दा एमाले कोशीका इञ्चार्ज शेरधन राई भने छलफलमै डाकिएका थिएनन् ।
पार्टी सचिव एवम् कोशीका मुख्यमन्त्री राईलाई ओलीले कार्कीको राजीनामा गराउने मिसनमा विराटनगरमा खटाएका थिए ।
शनिबार विराटनगर आएका राईले सोही दिन कार्कीलाई भेटेर ओलीको सन्देश भन्दै राजीनामा दिन दबाब दिएका थिए ।
कार्कीले राजीनामा दिन अस्वीकार गरेपछि शेरधनले सार्वजनिक रुपमै आफू इञ्चार्ज भएकाले अध्यक्षको निर्देशन कार्यान्वयन गराउने बताएका थिए । तर, बुधबारको गुण्डु छलफलबाट ओली नै ‘ब्याक’ हुँदै गर्दा शेरधन भने छलफलमै थिएनन् ।
यसअघि मुख्यमन्त्रीलाई भेटेर राजीनामा दिन भनेका राईले त्यसपछि कोशीका प्रदेशसभा सदस्यहरुलाई भेट्दै मुख्यमन्त्रीको विपक्षमा उभिन दबाब दिएका थिए ।
विराटनगरमा समस्याको निकास निस्कने छाँट नदेखेपछि ओलीले मुख्यमन्त्रीसहितका नेतालाई छलफलका लागि काठमाडौं बोलाए थिए ।
View : 28
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved