Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङमा मतगणनास्थल पनि तयार (फोटो)

उद्‌घोष संवाददाता
२० फागुन २०८२, बुधवार

विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रको मतगणनास्थल तयार भएका छन् । मुख्य निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले ६ वटै क्षेत्रमा मतदान केन्द्रसहित मतगणना स्थल समेत तयार भएको बताए । 

उनले क्षेत्र नम्बर १ को उर्लाबारी नगरपालिका कार्यालयमा मतगणना हुने जानकारी दिए ।

त्यस्तै क्षेत्र नम्बर २ को विश्वनाथ मन्दिर सिजुवा, क्षेत्र नम्बर ३ को भगवती माध्यमिक विद्यालय बेलबारी, क्षेत्र नम्बर ४ को विराटनगर–२ स्थित जनता नमुना माध्यमिक विद्यालय, क्षेत्र नम्बर ५ को सुनसरी–मोरङ सिंचाइ आयोजनाको कार्यालय र क्षेत्र नम्बर ६ को आदर्श माध्यमिक विद्यालयमा मतगणना हुने बताए ।

मतगणनाका लागि सवै क्षेत्रमा गणनास्थल तयार भइसकेको जानकारी दिए । 

गणनाका लागि तारजाली र क्यामेरायुक्त मतगणनास्थल निर्माण गरिएको उनले बताए । मतदान केन्द्रहरूबाट मतपेटिका आइसकेपछि सकेसम्म २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको निर्देशन अनुसार गणना कार्य सुरु हुने जनाइएको छ । 

गणनाका लागि कर्मचारी व्यवस्थापनदेखि तारजाली र सीसी क्यामेरा जडित गणनास्थल तयार भइसकेको मुख्य निर्वाचन अधिकृत गुरुङले बताए । 

मतपेटिका संकलन भएपछि गणनास्थलमा तत्कालै सर्वदलीय बैठक बस्ने र मतगणना सुरु गर्ने योजना रहेको उनले स्पष्ट पारे ।

View : 70

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved