विराटनगर । जितिया पर्वको अवसरमा महिला जागरण समुह जामुनगाछी विराटनगरले जितिया महोत्सव तथा सम्मान कार्यक्रम गरेको छ ।
सो अवसरमा जितमहान भगवानको मुर्ति बनाएर पूजापाठ गर्नुका साथै स्थानीय समुहहरुले भजनकिर्तन र महिला कलाकारहरुले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरे ।
कार्यक्रममा १५ जनालाई सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेमा सुनसरीको गढी गाउँपालिकाकी उपाध्यक्ष अनिता साह, अप्पन विराटगढ परोपकार समाजकी अध्यक्ष बसुन्धरा झा, आभा फाउण्डेशनकी संस्थापक अध्यक्ष आभा अनुपमा, तेली कल्याण समाज नेपालका अध्यक्ष डा बालकृष्ण साह, समाजसेवी अपोलो भगत, ज्येष्ठ महिला मिना दासलगायत छन् ।
जामुनगाछी चोकमा आयोजना गरिएको कार्यक्रममा विराटनगरको वडा नम्बर ४ र ५ का विभिन्न जाति समुदायका महिलाहरु सहभागी भएका थिए ।
View : 376
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved