Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

१८५ पटक रक्तदान गर्ने कर्माचार्यको उपस्थिति

स्वयंसेवी रक्तदाता समाज कोशी प्रदेश समिति गठन

उद्‌घोष संवाददाता
१६ चैत २०८२, सोमवार

विराटनगर । सामाजिक सेवाको क्षेत्रमा सक्रिय रक्तदाताहरूको भेलाले विराटनगरमा ’नेपाल स्वयंसेवी रक्तदाता समाज’ को कोशी प्रदेश आयोजक तदर्थ समिति गठन गरेको छ ।

सोमबार आयोजित एक विशेष समारोहका बीच हरिमोहन श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय आयोजक समिति घोषणा गरिएको हो।

समितिको सदस्यहरूमा सन्तनु रेग्मी, विनायक पन्त, कुशेश्वर राजवंशी र वेदप्रसाद संग्रौला छन् ।

नेपालका सर्वाधिक १८५ पटकका रक्तदाता एवं समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा सो समिति चयन गरिएको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष कर्माचार्यले निःशुल्क दान गरिएको रगत बिरामीले सहजै पाउनुपर्ने अधिकार रहेको बताए ।

 ‘रेडक्रसको व्यवस्थापनमा देखिएको कमजोरीका कारण बिरामीले सास्ती भोग्नु परिरहेको छ,’ उनले भने  ‘सरकारले अव्यवस्था सुधार गर्नुको सट्टा निजी क्षेत्रलाई रगतको कारोबार गर्न दिनु विडम्बनापूर्ण छ ।’ 

सो अवसरमा १०६ पटक रक्तदान गरिसकेका नवनियुक्त संयोजक हरिमोहन श्रेष्ठ, दुर्लभ समूहका ६९ पटकका रक्तदाता विनायक पन्त, ५४ पटकका रक्तदाता वेदप्रसाद संग्रौला लगायतले आफ्ना मानवीय सेवाका प्रेरक अनुभवहरू साझा गरेका थिए ।

View : 1059

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved