सुन्दरहरैंचा । इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंले पानी वितरणको अवस्थाबारे जानकारी दिएका छन् ।
चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै अध्यक्ष चापागाईंले हाल खपतभन्दा बढी उत्पादन भएकाले पानी वितरणमा कुनै समस्या नआउने स्पष्ट पारे ।
साथै, समितिले सम्पन्न गरेका कामहरू र आगामी योजना सम्बन्धी जानकारीसमेत प्रस्तुत गरेका थिए ।
इन्द्रपुर खानेपानीमा पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार भएको बताइएको छ ।
करिब ८ हजारभन्दा बढी घरधुरीलाई एकैपटक खानेपानीको पहुँच सुनिश्चित गर्नु उपलब्धिमूलक रेहेको चापागाईंको भनाइ छ ।
खानेपानीका तत्कालीन अध्यक्ष केदारप्रसाद गुरागाईंको नेतृत्वमा सुरू गरिएको खानेपानी आयोजना तथा सेवा विस्तार हाल नवराज चापागाईंको कार्यकालसँगै अघि बढेको छ ।
अध्यक्ष चापागाईंले भने ठूलो क्षेत्रफल र अत्यधिक मागका बीच कहिलेकाहीं कमजोरी देखिन सक्छ, तर हामी निरन्तर सुधारमा लागिरहेका छौं ।
उपभोक्ताहरुले पानीको आपूर्तिमा सहज भएको बताएका छन् ।
त्रिवेणीचोक उत्तर क्षेत्रको खानेपानीको समस्या सो आयोजनाले सावधान गरेको उल्लेख गरिएको छ ।
नयाँ बोरिङ थप गर्नेदेखि पाइप लाइन बिस्तार, तथा पुरानो मर्मत सम्भार गरी गुणस्तरीय पानी वितरण लगायतका सुधारमूलक कार्य भएको अध्यक्ष चापागाईंले बताएका छन् ।
View : 253
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved