विराटनगर । कोशी प्रदेशका खोटाङ, सोलुखुम्बु र पाँचथर जिल्लाबाट विभिन्न मुद्दाका ११ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले खोटाङ जिल्ला अदालतको विभिन्न मितिको फैसला आदेशले सम्बन्ध बिच्छेद मुद्दाका दिक्तेल रुपाकोट मझुवागढी– ६, ७ र ११ का सन्जु राई, बिरबोल राई र कृष्णबहादुर तामाङलाई पक्राउ गरेको छ ।
परीक्षाको मर्यादा भंग गरेको मुद्दामा हलेसी तुवाचुङ नगरपालिका– ३ का राम राई र श्यामराज राई, करकापमा पारी कागज गराइएको मुद्दामा साकेला गाउँपालिका– २ का धनबहादुर खत्री र सवारी अंगभंग मुद्दामा हलेसी तुवाचुङ नगरपालिका– ११ का महेश दर्जीलाई प्रहरीले गाउँघरबाटै पक्राउ गरी कारागार पठाएको छ ।
त्यस्तै सोलुखुम्बु जिल्ला अदालतको विभिन्न मितिको फैसलाले जरिवाना बेरुजु रही फरार रहेका अभद्र ब्यवहार मुद्दामा माप्यदुधकोशी गाउँपालिका– ४ का २९ वर्षीय जीवन बस्नेत र नेचासल्यान गाउँपालिका– १ का ३३ वर्षीय प्रदीप बस्नेतलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
यसैगरी जिल्ला अदालत पाँचथरको विभिन्न मितिको फैसला आदेशले केही सार्वजानिक अपराध मुद्दामा जरिवाना तोकिएका फिदिम नगरपालिका– २ की २४ वर्षीया सन्देश भन्ने एलिया जवेगु र २५ वर्षीय सुमन थाम्सुहाङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरूलाई तोकिएको जरिवाना भुक्तानका लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको बताइएको छ ।
View : 150
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved