विराटनगर । किरात याक्थुङ चुम्लुङ महानगर कार्यसमिति विराटनगरको शनिबार सम्पन्न सातौं अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
विराटनगर–१५ स्थित संस्थाको आफ्नै भवनमा आयोजित अधिवेशनले सो नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले संस्थाको नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षमा क्रमशः टिकाप्रसाद लिम्बू, सरणकुमार याक्सो र दुर्गाप्रसाद तुम्रोक, लक्ष्मी मेन्याङ्बो, मिलन नेम्वाङ, चुडामणि योक्पाङ्देन र धर्मादेवी खेवाङलाई चयन गरेको हो ।
त्यसैगरी सदस्यहरुमा करण वख्खिम, मंगलसिं चेम्जोङ, सुशीला थुलुङ, तीर्था लिम्बू, सरिता लिम्बू, तुलमाया सम्बाहाम्फे, गौरी तुम्वाहाम्फे र किरण तुम्रोक रहेका छन् ।
त्यस्तै तारा तुम्रोक, धर्मा हुक्पा चोङवाङ, मनकुमारी थुलुङ, भलि सुब्बा, डम्बर हुक्पा चोङबाङ र विकास इजाम पनि सदस्यमा चयन भएका छन् ।
अधिवेशनलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिका वडा नं १५ का वडाध्यक्ष प्रकाश साहले सम्पूर्ण जातजाति र भाषभाषीको भाषा, संस्कार, संस्कृति संरक्षणको लागि स्थानीय सरकार सधैं सकरात्मक रहेको बताए ।
उनले किरात समुदायको संस्थागत विकासको लागि योगदान दिंदै आएको र आगामी दिनमा पनि निरन्तरता रहिरहने प्रतिवद्धता व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति महासंघ महानगर समन्वय परिषद विराटनगरका संयोजक सुरेशसिंह गन्गाईले आदिवासीहरुको कला, संस्कृति संरक्षणमा स्थानीय सरकारले कञ्जुस्याइँ नगर्न अनुरोध गरे ।
थारु कल्याणकारीसभा महानगर समिति विराटनगरका अध्यक्ष विद्यानन्द माझीले आदिवासीहरुको अवस्था परिवर्तन हुन नसकेकोमा दुःख व्यक्त गरेका थिए भने चुम्लुङका पूर्वकेन्द्रीय सदस्य नारायण याक्सोले आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्न निरन्तरता दिइरहनु पर्ने बताए ।
चुम्लुङका महानगर अध्यक्ष टिकाप्रसाद लिम्बूको अध्यक्षतामा भएको सो कार्यक्रममा जातीय संस्थाका पदाधिकारीलगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
View : 175
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved