विराटनगर । हिन्दु धर्ममा अरु धर्मको आक्रमण बढेपछि हिन्दु स्वयंसेवक संघले चार प्रदेशका प्रतिनिधिलाई विराटनगरमा एक साताको प्रशिक्षण दिएको छ ।
हिन्दु धर्म छुटाएर अर्को धर्ममा लाने चलन बढ्दै गएका बेला कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक सय ५७ जना प्रतिनिधिसहित दुई सय जनालाई प्रशिक्षण दिइएको हो ।
शनिबार प्रशिक्षण समापन गर्दै पूर्व प्रधानन्यायाधीस गोपालप्रसाद पराजुलीले धर्म संरक्षणमा लाग्न सहभागीहरूलाई आग्रह गरे ।
आयोजक हिन्दु स्वयमंसेवक संघका राष्ट्रिय सहसचिव महेन्द्र साहका अनुसार संघको पद्धति, संगठन विस्तार, खेलकुद, नियमित व्यायाम, प्रार्थना, शिक्षालगायतका विषयमा प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा
सहभागी कोशी प्रदेशका पूर्वसांसद जयराम यादवले प्रशिक्षणबाट व्यक्तिगत चरित्र निर्माणमा ठूलो सहयोग पुगेको बताए ।
प्रशिक्षणले इमान्दार, सक्षम र कर्मठ नागरिक निर्माणमा सहयोग गर्ने उनको भनाइ छ । यसअघि संघले गत साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिकामा हिन्दु धर्म छाडेर गएका एक हजार ५ सय जनालाई पुनः धर्ममा फर्काएर गाउँ सुध्याई कार्यक्रम गरेको थियो ।
ठूलो संख्यामा हिन्दु धर्ममा फर्किएकाले गाउँ सुध्याइका लागि हवन गरिएको आयोजकहरूले बताएका थिए ।
विश्व हिन्दु परिषद्ले गाउँ सुध्याइका लागि गरेको धार्मिक सभामा पाँच ठाउँमा हवन कुण्ड बनाएको थियो ।
हवनको नजिकै बसेर धेरै जसो हिन्दु धर्ममा फर्कनेहरूले प्रायश्चित गरेका थिए । उनीहरूले पुरोहितसँग ‘ओम् स्वाहा’ को उच्चारण गरेर हवन गरेका थिए ।
View : 78
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved