विराटनगर । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि साझेदार संस्थाका रूपमा रहेको करूणा फाउण्डेसन नेपाललाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यमा फाउण्डेसनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महानगरले सम्मान गरेको हो ।
मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले फाउण्डेसनका निर्देशक दीपक सापकोटा, योगेन्द्र गिरीलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरे ।
महानगर क्षेत्रभित्र २ हजार ७३८ जना अपाङ्गता भएका व्यक्तिहरूको पहिचान भएको छ । फाउण्डेसनले आर्थिक वर्ष २०७७/७८ देखि विराटनगरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका क्षेत्रमा काम गर्दै आएको थियो । फाउण्डेसनको कार्यअवधि सकिएर विराटनगरबाट विदाइसमेत भएको छ ।
महानगरले फाउण्डेसनका अन्य कर्मचारीलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा मेयर नागेश कोइरालाले करूणा फाउण्डेसनले विराटनगरमा अपाङ्गता रोकथाम र पुनःस्थापनाका लागि महत्वपूर्ण कार्य गरेको भन्दै प्रशंसा गरे ।
View : 108
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved