Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

जेष्ठ नागरिक सेवा समाजकी अध्यक्ष अञ्जु कार्कीको निधन

उद्‌घोष संवाददाता
१९ वैशाख २०८३, शनिवार

Advertisement

विराटनगर । जेष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालय विराटनगर–११ की अध्यक्ष तथा अग्रज समाजसेवी अञ्जु कार्कीको निधन भएको छ।

८० वर्षीया कार्कीको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

लामो समयदेखि मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य समस्याबाट पीडित कार्कीको उपचारका क्रममा निधन भएको हो।

स्वर्गीय कार्कीकाे काठमाडौंस्थित पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। पछिल्लो समय काठमाडौं गएकी उनको त्यहीँ उपचारका क्रममा निधन भएको हो।

 

स्वर्गीय कार्कीले जेष्ठ नागरिक सेवा समाजको संस्थागत विकासका लागि जग्गा प्रदान गर्नुका साथै भवन निर्माणमा समेत महत्त्वपूर्ण योगदान दिएकी थिइन्। उनी स्वर्गीय जगतबन्धु कार्कीकी धर्मपत्नी हुन्।

संस्थाकी सचिव करुणा जोशीले स्वर्गीय कार्कीलाई स्मरण गर्दै भनिन्, ‘अध्यक्ष कार्की समाजकी एक कुशल अभिभावक हुनुहुन्थ्यो। दया, करुणा र त्यागकी प्रतिमूर्ति मानिने उहाँ एक सहज, सरल, धार्मिक तथा सशक्त सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको निरन्तर प्रेरणा र सबल नेतृत्वले नै संस्थालाई सुरुवातदेखि जीवन्त र ऊर्जा प्रदान गर्दै आएको कुरा समाजले सधैँ स्मरण गर्नेछ।’

 

धार्मिक स्वभावकी कार्कीले गत माघ महिनामा मात्र विराटनगरको भूपालग्रामस्थित आफ्नो निवासमा श्रीमदभागवत महापुराण लगाएकी थिइन्।

स्वर्गीय कार्कीका विभू केसी, प्रज्ञा पाण्डे, सची रेग्मी र शिवा सिंह गरी चार जना छोरीहरू छन्। उहाँको निधनले विराटनगरको सामाजिक क्षेत्रले एक असल अभिभावक गुमाएको भन्दै विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्।

View : 240

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved