Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रौनियार समाजले मनायो तीज

उद्‌घोष संवाददाता
६ भदौ २०८२, शुक्रवार

विराटनगर । रौनियार सेवा समाजले विराटनगर–११ स्थित रौनियार सेवा सदनमा  बिहीबार तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा रौनियार समुदायका करिब एक सय महिलाहरुको सहभागिता थियो ।

कार्यक्रममा महिलाहरुले तीज गीतमा नृत्य गर्दै एकअर्कालाई शुभकामना आदान–प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै रौनियार सेवा समाजका अध्यक्ष उपेन्द्र साह रौनियारले तीज महिलाहरुको सबभन्दा ठूलो धार्मिक र सा“स्कृतिक पर्व भएकाले संस्थाको पहलमा सामूहिक कार्यक्रम आयोजना गरिएको बताए ।

समाजका निवर्तमान अध्यक्ष रामनरेश साह रौनियारले संस्थाले सामाजिक सेवा मात्र नभई परम्परा र संस्कृतिको संरक्षणलाई समेत प्राथमिकतामा राख्दै आएको बताए ।

कार्यक्रममा बोल्ने महिला वक्ताहरूले तीजलाई आफ्नो हैसियत प्रदर्शन गर्ने अवसरको रूपमा होइन, सांस्कृतिक मर्यादा र धार्मिक आस्थासहित मनाउनु पर्नेमा जोड दिए । यस वर्ष भदौ १० गते तीज पर्व परेको छ ।

View : 466

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved