विराटनगर । गोग्राहा कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा प्राध्यापकहरूका लागि सञ्चालित ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिम सम्पन्न भएको छ ।
पाँच दिने सो तालिममा पूर्वाञ्चल विश्वविद्यालयका आङ्गिक र सामुदायिक क्याम्पसमा अध्यापन गर्ने प्राध्यापकहरूको सहभागिता रहेको थियो । तालिममा सहभागी गोग्राह कलेजका प्राध्यापक अरुण कोइरालाले तालिमले अनुसन्धानका क्षेत्रमा थप सहयोग मिलेको बताए ।
प्रा.डा. पेशल खनाल, सह–प्राध्यापक टोलनाथ काफले र कृष्ण पाण्डेले प्राध्यापकहरूलाई प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय शिक्षा संकायका डीन अनिलकुमार पोखरेलले विश्वविद्यालय आफैले यस्ता कार्यक्रम गर्नुपर्नेमा विविध कारणले गर्न नसकेको बताए । उनले आगामी दिनमा विश्वविद्यालयले यस प्रकारका कार्यक्रमको आयोजना गर्ने बताए ।
समापन कार्यक्रममा गोग्राहा क्याम्पसका प्रमुख गोविन्द कोइराला, गोग्राह कलेज व्यवस्थापन समितिका उपाध्यक्ष प्रमिला गच्छादार, पूर्वाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकाय विशेष समिति अध्यक्ष तथा कलेजका प्राध्यापक वेदुकुमार खतिवडा, गोग्राहा कलेजका प्राध्यापक तथा कलेज व्यवस्थापन समिति सदस्य लक्ष्मण गौतम, प्रकाश बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
View : 559
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved