Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

विराट व्यापार संघमा बञ्जरा

उद्घोष सम्वाददाता
११ माघ २०८०, बिहिवार

विराटनगर । विराट व्यापार संघको १२ अधिवेशनले अंशु बञ्जराको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ ।

बिहीबार सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा प्रमोदकुमार अग्रवाल (जिन्दल), चार उपाध्यक्षहरुमा शरद श्रेष्ठ, प्रवीण अग्रवाल, मनोहर कार्की र महिलातर्फ सरस्वती ओझा निर्विरोध निर्वाचित भएको संघका प्रमुख निर्वाचन आयुक्त जीवन सापकोटाले जानकारी दिए ।

सबै पदाधिकारी र सदस्य निर्विरोध भएको समितिको महासचिवमा  किरण ढुंगेल, उपमहासचिवमा श्यामलाल पौडेल, कोषाध्यक्षमा सुनिताकुमारी गुरुङ, सहकोषाध्यक्षमा अशोक पोद्दार र सुनिताकुमारी गुरुङ छन् । सदस्यहरुमा शिवरतन शर्मा जोशी, नितेश राजगढिया, महेन्द्र खेतान, कुमारी आचार्य, रमा श्रेष्ठ छन् ।

View : 166

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved