Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

उद्घोष सम्वाददाता
४ कार्तिक २०८१, आइतवार

काठमाडौँ, ४ कात्तिक । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ ।

गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो ।

प्रवक्ता ढकालले भने, “वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो ।

आज समस्या समाधानपछि सेवा सुरु भइसकेको छ ।”

सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिक रुपमा उपस्थित भइ दिएको निवेदन भने सङ्कलन निरन्तर रुपमा भइरहेको उनले बताए ।  रासस

View : 71

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved