Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
प्रविधि

सीजीद्वारा नयाँ वर्ष लक्षित अभियान सार्वजनिक

उद्‌घोष संवाददाता
४ वैशाख २०८३, शुक्रवार

विराटनगर । नेपालको अग्रणी तथा विश्वसनीय घरेलु उपकरण ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसर पारेर  एक्पेरियन्स लाइफ विथ सीजी शीर्षकमा नयाँ वार्षिक ब्रान्ड अभियान सार्वजनिक गरेको छ । 

कम्पनीले “भरोसा नेपालीको, उत्सव नयाँवर्षको” भन्ने नारासहित विशेष उपहार योजना समेत घोषणा गरेको हो ।

गत वर्ष सञ्चालन गरिएको लेभल अप अभियानमार्फत सीजीले नेपाली बजारमा प्रविधि र गुणस्तरको नयाँ मापदण्ड स्थापित गरेको थियो । 

सो अभियान अन्तर्गत कम्पनीले  एआई टीभी, एआइ फ्रायर, कराओके टीभी तथा १०० इन्चसम्मका विशाल टेलिभिजन जस्ता अत्याधुनिक उत्पादनहरू बजारमा ल्याएको थियो । 

यसले नेपाली उपभोक्तालाई आधुनिक जीवनशैलीतर्फ उन्मुख गराउनुका साथै अन्तर्राष्ट्रिय स्तरका उपकरणहरू स्वदेशमै उपलब्ध गराउने प्रतिबद्धता पनि प्रष्ट पारेको कम्पनीले जनाएको छ ।

यस वर्षको एक्पेरियन्स लाइफ वीथ सीजी अभियानमार्फत कम्पनीले उपभोक्ताको जीवनशैलीलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने लक्ष्य लिएको छ । 

अभियान वर्षभर विभिन्न उत्सवहरूमा निरन्तर सञ्चालन हुने कम्पनीले जनाएको छ ।

View : 135

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved