Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

रोटरी क्लब विराटनगरमा टीपी आचार्य

उद्‌घोष संवाददाता
२ भदौ २०८२, सोमवार

विराटनगर ।  रोटरी क्लब अफ विराटनगरको नयाँ नेतृत्वमा टीपी आचार्य सर्वसम्मत चयन भएका छन्। सामाजिक सेवामा सक्रिय यो क्लबले सन् १९७७ मा स्थापना भएदेखि नै शिक्षा, स्वास्थ्य, सरसफाइ र वातावरण संरक्षणलगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

नयाँ कार्यसमितिको प्रथम र द्वितीय उपाध्यक्षमा क्रमशः बिनिता धाडेवा र दिनेश गर्तौला रहेका छन्। समितिको सचिवमा सरिता अग्रवाल, सहसचिवमा नन्दिप अग्रवाल, कोषाध्यक्षमा प्रवीण अग्रवाल र सहकोषाध्यक्षमा सौरभ पोखरेल चयन भएका छन्।

त्यसैगरी, सचेतकको जिम्मेवारी डा. अंकिता राठीले पाएकी छिन् भने सदस्य विस्तार संयोजकमा सुबोध कोइराला छन्। क्लबको प्रशासनको जिम्मा अमीष रेग्मी, सामाजिक परियोजनाको दीपक गौतम र जनसम्पर्कको जिम्मेवारी चन्द्रमणि रिजाललाई दिइएको छ। रोटरी दानकोषको संयोजक नरेश राठी र युवा सेवा संयोजक अमित सिंघल रहेका छन्।

क्लब शिक्षा सहजकर्तामा बद्री कटवाल तथा क्लब मार्गदर्शकको भूमिका प्राडा बिजु थपलिया र कमल अग्रवालले निभाउनेछन्। पूर्व डिस्ट्रिक्ट गभर्नरहरू बासुदेव गोल्यान र सन्तोष रिजाललाई प्रमुख सल्लाहकारमा राखिएको छ।

समितिमा सम्पादनको जिम्मेवारी सुदीप रिजाल, महिला सशक्तिकरणको बिन्दिया कार्की तथा कानुनी सल्लाहकारको भूमिका विकास थापा र मयुर अग्रवालले पाएका छन्। निवर्तमान सभापति मनोजविक्रम शाह र प्रस्तावित सभापति शिवप्रसाद अधिकारी पनि समितिमा रहेका छन्।

क्लबका पूर्व सभापतिहरू ताराचन्द खेतान, शिवरतन शर्मा, सुरेन्द्र गोल्छा, विनोद अग्रवाल, राजकुमार शर्मा, कबिन श्रेष्ठ, कमल बस्नेत, बेनीगोपाल मुण्दडा, दिनबन्धु अग्रवाल, गणेशप्रसाद राठी, नन्दकिशोर राठी, नवीन रिजाल र नरेन्द्र अग्रवाललाई सल्लाहकार समूहमा राखिएको छ।

 नयाँ कार्यसमितिको नेतृत्वमा क्लबका कार्यक्रमहरू अझ प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ। 

आचार्यको नेतृत्वको नयाँ समितिको मंगलबार  विराटनगरस्थित सिटी प्यालेसमा भव्य कार्यक्रमका बीच पदस्थापना हुने जनाइएको छ ।

 

 

 

 

 

 

 

View : 2289

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved