Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

कवि भट्टराईको छन्द परिदृश्य लोकार्पण

उद्‌घोष संवाददाता
११ पुष २०८२, शुक्रवार

Advertisement

विराटनगर । कवि शारदा भट्टराईको छन्दोबद्ध कविता संग्रह छन्द परिदृश्यको बुधबार एक समारोहमा लोकार्पण गरिएको छ ।

विष्णुमाया पुस्तकालयमा आयोजित कार्यक्रममा प्राडा टंक न्यौपाने, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, छन्दबाटिका नेपाल विराटनगरका अध्यक्ष हरि कटेल, स्रष्टा समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल लगायतले संयुक्त रुपमा कृतिको लोकार्पण गरेका  थिए ।

छन्दबाटिका नेपाल र नेपाल स्रष्टा समाज कोशी प्रदेशले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा साहित्यकार बाबुराम पोखरेलले  कृतिको समीक्षा गरेका थिए ।

कार्यक्रममा विभिन्न साहित्यकारहरुले कवि शारदा भट्टराईद्वारा प्रकाशित कृतिमा संकलित कविताहरु वाचन गरेका थिए ।

छन्द परिदृश्य छन्दोवद्ध कविता संग्रहमा ६१ वटा कविता संग्रहित छन् । उनको यो पहिलो कृति हो ।

View : 311

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved