विराटनगर । जेनजी आन्दोलनका क्रममा आगजनी हुँदा क्षतिग्रस्त भएको जिल्ला प्रशासन कार्यालय मोरङलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले प्रिन्टर सहयोग गरेको छ ।
कार्यालयको सेवा सञ्चालनका लागि बिहीबार ३ वटा प्रिन्टर सहयोग गरेको हो ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मीले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सहयोग सामग्री हस्तान्तरण गरे ।
गत असोज २४ गते भएको आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय मोरङका सबै संरचना जलेर ध्वस्त भएको थियो ।
ध्वस्त संरचना मर्मत गरी प्रशासनको सेवा प्रवाहका लागि विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् ।
View : 252
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved