Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः खड्का

उद्घोष सम्वाददाता
१७ चैत २०८०, शनिवार

विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को दोस्रो कोशी प्रदेश अधिवेशनबाट अध्यक्षमा पुनः ज्ञानु खड्का चयन भएका छन् ।

विराटनगरको शिक्षादीप कलेजका प्रिन्सिपल खड्का शनिबार विराटनगरमा सम्पन्न प्रदेश अधिवेशनबाट अध्यक्षतामा दोस्रो पटक सर्वसम्मत चयन भएका हुन् ।

हिसानका दुई बरिष्ठ उपाध्यक्षमा गणेश दुलाल र राधेश्याम ढकाल चयन भएका छन् ।

उपाध्यक्षमा निलम अधिकारी, सचिवमा दिपेश बास्तोला, सहसचिवमा लक्ष्मण ढकाल, कोषाध्यक्षमा भुपेन्द्र न्यौपाने र सहकोषाध्यक्षमा प्रकाश भण्डारी चयन भएको जनाइएको छ ।

१३ सदस्यीय प्रदेश कार्यसमितिको सदस्यहरूमा चन्द्र प्रसाद खनाल, राजेन्द्र अधिकारी, राम कालाखेती, खेमराज बास्तोला र मनिष भट्टराई चयन भएका छन् ।

हिसान केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा केन्द्रीय सदस्यहरू शंकर भट्टराई र राजेश कार्कीलगायत शिक्षा क्षेत्रका विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । 

अधिवेशनले निजी शिक्षण संस्थाको हकहितका लागि अझ बलियो भएर अघि बढ्ने निर्णय गरेको जनाइएको छ ।

View : 487

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved