उदयपुर, २४ माघ । उदयपुरको उत्तरपश्चिमी पहाडी भेगको ताप्ली गाउँपालिका–१ ओख्ले डाँडागाउँमा डढेलो गाउँ पस्दा स्थानीयको घरगोठ जलेर खरानी भएको छ । बनमा आज लागेको डढेलोले स्थानीय रमेश मगरको घरगोठ जलेर खरानी भएको हो ।
ताप्ली–१ ओख्लेका वडाध्यक्ष उद्धव हमालका अनुसार गाउँ नजिकैको सल्लाघारी वनमा आगलागी भएको हो । उनले भने, “घरको अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको छ ।”
वन क्षेत्रमा लागेको डढेलो बेस्सरी हावा चल्दा गाउँमा पसेको उनले बताए । डढेलोका कारण अन्य घर पनि जोखिममा रहेका वडाध्यक्ष हमालले बताए ।
आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न प्रहरी चौकी रुपाटारबाट टोली घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभास राईले बताए ।
View : 405
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved