Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

झापाको चद्रगढीमा निषेधाज्ञा

उद्‌घोष संवाददाता
२४ भदौ २०८२, मङ्गलवार

विराटनगर । जिल्ला प्रशासन कार्यालय झापाले सदरमुकाम चन्द्रगढी क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले मंगलबार विहान साढे ११ बजेदेखि साँझ ७ बजेसम्म चन्द्रगढी क्षेत्रमा निषेधाज्ञा जारी गरेको जनाएका छन् ।

निषेधाज्ञा तोकिएको क्षेत्रमा पाच जनाभन्दा बढी मानिस भेला भई आवागमन गर्न समेत नपाइने उल्लेख गरिएको छ ।

सोमबार बिर्तामोड र दमक क्षेत्रमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेको भन्दै ती दुई ठाउँमा प्रशासनले लगाएको कर्फ्यू भने आज विहानदेखि हटाइएको छ ।

View : 344

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved