Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

आजदेखि महिला क्रिकेट प्रतियोगिता

उद्‌घोष संवाददाता
२७ चैत २०८२, शुक्रवार

विराटनगर । विराटनगरमा आज शुक्रबारदेखि पाँचौ संस्करणको ‘इक्युवालिटी कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ । 

बिहान साढे ९ वजे हुने उद्घाटन खेल विराटनगर हब र एनसीएफ ११ बीच हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

आयोजकका अनुसार, चैत ३० गतेसम्म हुने प्रतियोगितामा कोशी र मधेश प्रदेशका चार टिमको सहभागिता हुनेछ ।  

प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगर हब, पथरी, इटहरी, धनकुटा र उदयपुर सम्मिलित एनसीएफ ११ को सहभागिता हुनेछ । 

यस्तै मधेश प्रदेशबाट राजविराज र सिरहाबीच प्रतियोगिता हुने आयोजक नेपाल क्रिकेट फाउन्डेसनकी बोर्ड सदस्य स्नेहा गुभाजूले जानकारी दिइन् । 

महिला क्रिकेट विकासका लागि पाँच वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना हुँदै आएको उनले बताइन् । 

हरेक वर्ष अन्तराष्ट्रिय महिला दिवसका समयमा प्रतियोगिता हुने गरे पनि यस वर्ष निर्वाचनका कारण पछि गरिएको उनले जानकारी दिइन् । 

प्रतियोगितामा हरेक टिमले एक अर्कासँग खेल्ने छन् । शीर्ष स्थानका दुई टिमबीच फाइनल खेल हुनेछ । 

प्रतियोगिताका विजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने नेपाल क्रिकेट फाउन्डेसनका अभिनव यादवले बताए । 

उनका अनुसार, हरेक दिन दुई खेल हुनेछ । 

पहिलो खेल बिहान साढे ९ बजे र दोस्रो खेल दिउँसो साढे १ वजे हुनेछ ।

View : 87

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved