Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

दुहबी स्वास्थ्य कार्यक्रममा जिल्लाकै सर्वोत्कृष्ट

उद्घोष सम्वाददाता
१४ असोज २०८१, सोमवार

सुनसरी । सुनसरीको दुहबी नगरफालिका आर्थिक बर्ष २०८०–८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नेमा जिल्लाकै सर्वोत्कृष्ट बनेको छ । 

स्वास्थ्य कार्यलय सुनसरीले इनरुवामा आयोजना गरेको जिल्लास्तरिय एकीकृत बार्षिक समीक्षा कार्यत्रममा दुहबी नगरपालिका सर्वोत्कृष्ट घोषित भएको हो । 

बिभिन्न ४० वटा स्वास्थ्य सूचक कार्यान्वयन गर्नेक्रममा दुहवीले ७१ प्रतिशत अंक हासिल गर्दै लगातार दोस्रो पटक जिल्लामा सर्वोत्कृष्ट बनेको हो ।

इटहरी उपमहानगरपालिका ६९ दशमलव १३ प्रतिशत अंक हासिल गर्दै दोस्रो बनेको छ । सुनसरीका १२ वटै स्थानीय तहबीच गरिएको मूल्याङकनमा बर्जु गाउँपालिका ६९ दशमलव ०३ प्रतिशत अंक हासिल गर्दै तेस्रो बनेको छ । 

पालिकाको बार्षिक प्रतिवेदन, बजेट कार्यान्वयनको अवस्था लगायत बिभिन्न ४० वटा सूचकको आधारमा मूल्याङकन गर्दा दुहबी, इटहरी र बर्जु गाउँपालिका पुरस्कृत भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए । 

उनीहरुलाई जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहेता र स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईले सम्मान तथा पुरस्कृत गरे ।

View : 159

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved