विराटनगर : ओखलढुंगाको हर्कपुर बजारमा आगलागीमा परेर एक जना महिलाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको भान्छाघरमा जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।
भान्साघरको चुल्होमा आगो बाल्न पेट्रोलजन्य प्रज्वलनशिल पदार्थको प्रयोग गर्ने क्रममा अचानक आगलागी हुँदा उनको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बालिस्टार सिंहले जानकारी दिए ।
भान्छाघरको आगो स्थानीय र प्रहरीको सहायतामा नियन्त्रणमा लिइएको जनाइएको छ ।
आगो निभाउने क्रममा मृतककी देउरानी २७ वर्षीया जानुका गौतम समेत घाइते भएको प्रहरीले जनाएको छ । उनको बायाँ खुट्टाको केही भाग जलन भएकोले उपचारका लागि उदयपुरको घुर्मी लगिएको जनाइएको छ ।
आगलागीबाट भान्साघरमा रहेका भाडावर्तन, खाद्यान्न समेत पूर्ण रुपमा जलेको जनाइएको छ । मृतक कमलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ ।
यता सोमबार ओखलढुंगाको सिद्विचरण नगरपालिका–१० बेतेनीमा भएको आगलागीमा दुईवटा मोटरसाइकल जलेका छन् । आगलागीबाट ११ लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
बेतनीस्थित केदारनाथ धमलाको फुसको छानो भएको ३ तले घरमा आगलागी हुादा घरसहित त्यहाा राखिएको बा८२प ७७२ नम्बरको पल्सर मोटरसाइकल र बा८५प २४०८ नम्बरको होण्डा मोटरसाइकल जलेर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
View : 188
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved