Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

चितवनमा कजारियाको नयाँ शोरुम

उद्‌घोष संवाददाता
८ वैशाख २०८३, मङ्गलवार

चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई निरन्तरता दिँदै चितवनको मंगलपुरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । अथर्र्व इन्टरप्राइजेजद्वारा सञ्चालित उक्त शोरुमको भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको हो ।

कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले प्रमुख क्षेत्रीय बजारहरूमा आफ्नो पहुँच विस्तार गर्ने ब्रान्डको प्रतिबद्धतालाई थप पुष्टि गरेको बताए । उनले चितवन तथा आसपासका ग्राहकहरूलाई कजारियाका प्रिमियम टायल समाधानहरू अझ सहज रूपमा उपलब्ध गराउने दिशामा महत्वपूर्ण कार्य पुरा भएको बताए ।

‘अथर्र्व इन्टरप्राइजेजसँगको सहकार्यमार्फत चितवनमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी अत्यन्त खुसी छौं, यस क्षेत्रमा पूर्वाधार तथा आवास निर्माणको माग निरन्तर बढ्दै गएको अवस्थामा, उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित टायल समाधानहरू प्रदान गर्ने ठूलो सम्भावना देखिरहेका छौं’ उनले भने ।

काजरियाले नेपालभर निरन्तर विस्तार भइरहेकोले आफ्नो सञ्जालसँगै टायल उद्योगमा विश्वासिलो ब्रान्डका रूपमा आफ्नो स्थान अझ सुदृढ बनाएको दाबी गरेको छ । साथै, नवीनता, गुणस्तर तथा उत्कृष्ट डिजाइनमार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

कजारियाले उन्नत प्रविधिसहितको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योग स्थापना गरी नेपालमा टायल उद्योगलाई नयाँ परिभाषा दिएको जनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय मान्यताहरू समेत प्राप्त गरिसकेका कारण उपभोक्ताको विश्वास पनि बलियो भएको जनाएको छ ।

काजरियाले सुपरब्राण्ड २०२५, एशियाज मोष्ट प्रोमिसिङ ब्राण्डको मान्यता तथा विश्वका ८औं ठूला टायल उत्पादक कम्पनीमध्ये एकका रूपमा नाम कमाइसकेको छ । 

गुणस्तर तथा दिगोपना प्रतिको प्रतिबद्धतास्वरुप आइएसओ ९००१ः२०१५ र आइएसओ १४००१ः२०१५ प्रमाणीकरणमार्फत पुष्टि भएको दाबी गरेको छ । त्यस्तै, भारतीय हरित भवन परिषद्को सदस्यताले यसको वातावरणीय जिम्मेवारीलाई झल्काएको उल्लेख गरिएको छ । 

हाल कजारियाले नेपालभर एकसय भन्दा बढी शोरूमहरू संचालनमा ल्याएको छ । 

View : 69

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved