Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

अधिवक्तासहित चार जना काली मन्दिरबाट सम्मानित

उद्‌घोष सम्वाददाता
२ मंसिर २०८१, आइतवार

विराटनगर । विराटनगर मेनरोडस्थित काली शक्तिपीठ ब्यवस्थापन समितिले दुई अधिवक्तासहित चार जनालाई सम्मान गरेको छ ।

समितिले लामो समयदेखि विवादित रहेको मन्दिरको जग्गा कानुनी सहयोगबाट फिर्ता ल्याउन सहयोग पु¥याउने वरिष्ठ अधिवक्ताद्वय भरतबहादुर थापा तथा देवेन्द्र कोइरालालाई सम्मान गरेको हो । 

यस्तै मन्दिरको श्रीबृद्धिमा सहयोग पुर्‍याएवापत निवर्तमान अध्यक्ष सुदर्शनबहादुर श्रेष्ठ तथा स्वर्गीय प्राज्ञ दधिराज सुवेदीलाई मरणोपरान्त सम्मान गरिएको छ । 

सम्मानित व्यक्तित्वहरूलाई कोशी प्रदेशका प्रदेश सभा सदस्य भीम पराजुली र ब्यवस्थापन समितिका अध्यक्ष डा.मीनाक्षी नेपालले खादा, माला, दोसल्ला तथा सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

सोही कार्यक्रममा १ सय ५० जना स्वयंसेवकहरूलाई सम्मान तथा प्रोत्साहन गरिएको छ ।

दशैंको बेला १० दिनसम्म अहोरात्र खटिने स्वयंसेवकलाई प्रशंसापत्र सहित प्रोत्साहन गरिएको ब्यवस्थापन समितिका सदस्य गोपाल साहले बताए ।

स्वयंसेवकहरूलाई प्रोत्साहन स्वरुप १ थान साडीसहित देवी भगवतीको प्रसाद प्रदान गरिएको छ ।

View : 67

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved