विराटनगर । कोशी प्रदेश सभामा रिक्त रहेका विषयगत समितिका सभापतिहरू सर्वसम्मत रुपमा निर्वाचित भएपछि शुक्रबार उनीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेश सभा सचिवालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर बिष्टले नवनिर्वाचित सभापतिहरूलाई सपथ गराएका हुन् ।
कोशी प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले सातैवटा विषयगत समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएको जानकारी दिए ।
उनका अनुसार न्याय, प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल, सुशासन तथा योजना समितिमा खगेश्वरी पौड्याल, अर्थ समितिमा विनोद राई, सार्वजनिक लेखा समितिमा राजन किराँती, सामाजिक विकास समितिमा गयानन्द मण्डल गनगाँई, उद्योग, पर्यटन तथा वातावरण समितिमा रामदेव यादव र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिको सभापतिमा होम बहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् ।
कोशी प्रदेश सभा नियमावली २०७४ को नियम १३४ अन्तरगत गठन भएका विषयगत समितिहरूको सभापतिको निर्वाचनमा प्रत्येक समितिमा एक जना मात्रै उम्मेदवार कायम भएकोले नियमावलीको नियम १३४ को उपनियम (५) बमोजिम निर्विरोध निर्वाचित भएको उनले बताए ।
निर्वाचित भएपश्चात सपथ ग्रहण गरेका सभापतिहरूले शुक्रबार नै आफ्नो कार्यकक्षमा पद बहाली समेत गरेको जनाइएको छ ।
View : 429
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved