विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय समितिले गठन गरेको प्रदेश समन्वय विभागको सदस्यमा सुनसरी दुहवीका ब्रह्मप्रकाश रौनियारलाई मनोनित गरेको छ ।
बुधबार मनोनयन गरेका १० सदस्यहरुमा रौनियारसहित कृष्णबहादुर केसी कास्की, सुमीत्रा खनाल नवलपुर, विजय भुसाल चितवन, राधेश्याम पाठक नवलपरासी, मेघनाथ यादव धनुषा, झनकराज तिमिल्सिना कैलाली, भीमबहादुर शाही कालिकोट, जीतबहादुर लामा काभ्रेपलाञ्चोक र सन्तोष कोइराला (परियार) नवलपुर छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभाग सदस्यमा उनीहरुलाई मनोनयन गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
View : 1116
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved