Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

बाल पुस्तकालयको वार्षिकोत्सव

उद्‌घोष संवाददाता
३१ असोज २०८२, शुक्रवार

विराटनगर । विराटनगर–८ स्थित बाल पुस्तकालयको १९ आंै वार्षिकोत्सव गरिएको खेलकुदमा विजयी बालबालिकालाई साधारणससभामा पुरस्कृत गरिएको छ ।   खेलकुद अन्तर्गत बिभिन्न समूहमा दौड, कथा, कविता र निबन्ध प्रतियोगिता गरी २८ वटा पुरस्कार वितरण गरिएको पुस्तकालयका सचिव राजन भण्डारीले बताए ।

खेलकुदतर्फ छात्र १० वर्ष माथिमा विराज यादव, इलेश न्यौपाने, नेक राजवंशी र हेमराज मुर्मू क्रमशः प्रथम, द्वितीय, तृतीय र शान्त्वना  भए  । १० वर्ष मुनिमा  प्रथम निर्भीक कालिकोटे, दोस्रो स्पर्श न्यौपाने, तृतीय आरुष काफ्ले र सान्त्वना उसन टुन्टुले पाए ।   

त्यसैगरी दौडतर्फ नै छात्रातर्फ १० वर्ष माथि उमेर समूहमा  प्रथम अर्पिता रिमाल, दोस्रो लक्ष्मी सहनी, तेस्रो रोनिका भूजेल र सान्त्वना आयुषा घिमिरे छन् भने १० वर्ष भन्दा कम उमेर समूहमा  प्रथम आकृति राजवंशी, दोस्रो नान्सु सापकोटा, तेस्रो पायल खडियारी र सान्त्वना निजा सापकोटाले सफलता हाँसिल गरेको दौड ब्यवस्थापन समिति सदस्य उषाकुमारी बरालले बताइन् ।  कथा लेखनमा बर्षिका न्यौपाने, अंशु निरौला र आभा निरौला क्रमशः प्रथम, द्वितीय र तृतीय भए भने सान्त्वना पुरस्कार इप्सन न्यौपानेले पाइन् ।

निबन्ध प्रतियोगितामा बर्षिका न्यौपाने प्रथम, आभा निरौला दोस्रो, अंशु निरौला तृतीय भएका थिए भने स्पर्श निरौलाले सान्त्वना पुरस्कार पाएका थिए । कविता बिधातर्फ विराज यादव, लिजा सापकोटा  र स्पर्श न्यौपाने क्रमशः प्रथम द्वितीय र तृतीय भए भने सान्त्वना पुरस्कार मान्यता काफ्लेले पाए ।

पुस्तकालयका अध्यक्ष इन्द्रप्रसाद निरौलाको अध्यक्षतामा भएको  कार्यक्रममा समाजसेवी गणेश पोखरेल, विराटनगर–८ का वडाध्यक्ष राम पोखरेल, नरेन्द्र बस्नेत, कृष्ण अधिकारी, भुवनेश्वर राजवंशी लगायतले पुरस्कार वितरण गर्दै शुभकामना दिएका थिए । 
यसैगरी पुस्तकालयको वार्षिकोत्सवको अवसरमा गरिएको साधारण सभामा पुस्तकालयका कोषाध्यक्ष मधुसुदन घिमिरेलाई संस्थालाई पु¥याएको योगदानको कदर स्वरूप दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।
 

View : 260

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved