Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सुनकोशीमा तीन बालबालिका बेपत्ता

होली खेल्ने भन्दै समुह बनाएर गएका थिए गाउँबाट (फोटो)

उद्‌घोष सम्वाददाता
११ चैत २०८०, आइतवार

विराटनगर । उदयपुरमा होली खेल्न भन्दै गएका गाउँबाट गएका १५ जना बालबालिकाहरू मध्ये तीन जना सुनकोशी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

त्रियुगा नगरपालिका–१४ धाप्लाङघाट नजिकै पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता भएका हुन् ।

उदयपुर प्रहरीका अनुसार १२ वर्षीया रेखा मगर, ९ वर्षीय रिदम मगर र १२ वर्षीय लोकबहादुर मगर बेपत्ता भएका हुन् ।

अहिले घटनास्थलमा प्रहरी, स्थानीय र जनप्रतिनिधिहरू समेत मिलेर बेपत्ताहरूको खोजी भइरहेको जनाइएको छ ।

घटनास्थलमै रहेका वडा नम्बर १४ का वडाध्यक्ष हिमबहादुर मगरका अनुसार होलीको दिन भएकोले उनीहरु गाउँबाट होली खेल्ने भन्दै सुनकोशीतिर झरेका थिए ।

गाउँबाट करिव १५ को समुहबाट केटाकेटीहरू सुनकोशीमा झरेको र उनीहरु मध्ये ५ जना पौडी खेल्न भन्दै नदीमा पसेका थिए । 

जसमध्ये तीनजना अहिलेसम्म बेपत्ता भएको वडाध्यक्ष मगरले बताए । बाँकीलाई भने स्थानीयको समेत सहयोगमा नदीबाट उद्धार गरिएको उनले बताए ।

View : 1103

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved