Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

रोटरीको सफा विराटनगर अभियान सुरु

उद्‌घोष संवाददाता
१४ कार्तिक २०८२, शुक्रवार

सिटी रिक्सामा राख्नका लागि डस्टबिन प्रदान गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला ।

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सफा विराटनगरका लागि सिटी रिक्सा तथा सार्वजनिक स्थानमा डस्टबिन राख्ने अभियान सुरु गरेको छ ।

क्लबकी अध्यक्ष गिरिजा चितलाङ्गिया सारडाका अनुसार यस अभियानअन्तर्गत ५०० वटा डस्टबिनहरू सार्वजनिक स्थल र रिक्साहरूमा जडान गरिनेछ । 

यसो गर्दा फोहोरको उचित व्यवस्थापन हुने र सडकमा फोहोर फ्याँक्ने प्रवृत्तिमा कमी आउने सारडाले बताइन् । यसका लागि क्लबले विराटनगर महेन्द्रचोकस्थित आजाद ग्रिल वर्कसपसँग प्राबिधिक साझेदारी गरेको छ । 

बिहीबार सोही वर्कसपबाट अभियानको औपचारिक रुपमा सुरुवात गरिएको क्लबकी अध्यक्ष सारडाले बताइन् । 

उनका अनुसार, उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका राष्ट्रिय उपाध्यक्ष भीम घिमिरे विशेष अतिथि थिए ।

अभियानलाई टोयोटा नेपाल र रितु सिंह बैद्यको सहयोग र साझेदारी रहेको क्लबकी अध्यक्ष गिरिजा सारडाले जानकारी दिइन् ।

View : 195

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved