सुन्दरहरैंचा : सुन्दरहरैंचा नगरपालिका–१ स्थित नगर अस्पतालमा आँखा जाँच सेवा शुभारम्भ गरिएको छ ।
विराटनगर आँखा अस्पतालको सहयोगमा सुन्दरहरैंचा नगर अस्पताल हरैंचामा आँखा जाँच उपचार सेवाको सुरूवात गरिएको हो । सुन्दरहरैंचा–१ का वडाध्यक्ष राम विश्वास खवासको अध्यक्षतामा सुन्दरहरैंचा नगरप्रमुख केदार गुरागाईं, उपप्रमुख अकली चौधरी तथा विराटनगर आँखा अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष पदमनारायण चौधरीले संयुक्त रूपमा आँखा जाँच सेवाको उद्घाटन गरेका थिए ।
नगरवासीहरूको आँखामा देखिएको समस्याको सावधानका लागि आँखा जाँच सेवा केन्द्र स्थापना गरिएको नगर प्रमुख केदारप्रसाद गुरागाईंले बताए । उनले नगर अस्पतालको अस्तित्व सबै मिलेर बचाउन जरूरी रहेको उल्लेख गर्दै नगर अस्पतालले दिने सुविधामा कुनै कमी नरहेको उल्लेख गरे ।
हरैंचा नगर अस्पताल प्रशासन शाखा प्रमुख बाबुराम भट्टराईले नगर अस्पतालमा आँखा जाँच सेवाको लागि दक्ष जनशक्ति विराटनगर आँखा अस्पतालले व्यवस्थापन गर्ने बताए ।
View : 195
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved