विराटनगर । लेडिज सर्कल नेपालको विराटनगर लेडिज सर्कल-५ द्वारा सिद्धकाली आधारभूत प्रावि विराटनगर ५ मा निर्मित प्ले ग्राउण्ड विद्यालयलाइ हस्तान्तरण गरिएको छ ।
सोमबार आयोजित एक कार्यक्रममा विराटनगर लेडिज सर्कल ५ की अध्यक्ष कुसुम लुनिया र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले उक्त संरचना विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव र प्रधानाध्यापक भोजकुमार अधिकारीलाइ हस्तान्तरण गरेका हुन् ।
विद्यार्थीहरुलाई खेल्न सजिलो होस भनेर ट्रष्टसहितको छाना हालेर प्ले ग्राउण्ड निर्माण गरिएको छ ।
उक्त संरचना निर्माण गर्न करिब ४ लाख रुपैया खर्च भएको अध्यक्ष लुनियाले जानकारी दिइन् । लेडिज सर्कलले यसअघि विद्यालयलाई ५ थान कम्प्युटरपनि प्रदान गरेको थियो ।
यसैगरी लेडिज सर्कलले सञ्चालन गरेको निशुल्क व्यूटिसियन तथा सिलाइ तालिमका सहभागीहरुलाई प्रमाणपत्रपनि वितरण गरिएको छ । दुई महिने व्यूटिसियन तथा सिलाई तालिममा २५ जना महिलाको सहभागिता रहेको बताइएको छ ।
गत बर्ष लेडिज सर्कलले सो विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले सिद्धकाली आधारभूत विद्यालयलाई नमूना विद्यालय बनाउने आफ्नो योजनामा विराटनगर लेडिज सर्कलले पुरयाएको सहयोगको प्रशंसा गरेका थिए ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved