Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

लायन्स सोसियलद्वारा निःशुल्क स्वास्थ्य शिविर

उद्‌घोष संवाददाता
१३ पुष २०८२, आइतवार

विराटनगर । लायन्स क्लव विराटनगर सोसियलको आयोजनामा झापाको बुद्धशान्ति गाउँपालिका–१ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा एक हजार ९१ जनाले स्वास्थ्य जाँच गराई स्वास्थ्य सेवा लिएको जनाइएको छ ।

नोवेल मेडिकल कलेज शिक्षण अस्पतालको सहकार्यमा शिविर आयोजना गरिएको हो । बुद्धशान्ति गाउँपालिका–१ स्थित नमुना आधारभूत विद्यालय परिसरमा शिविर सम्पन्न भएको हो ।

नोबेलका वरिष्ठ चिकित्सकहरूसहितको टोलीले शिविरमा सेवा प्रदान गर्नुका साथै भिडियो एक्स–रे, प्रयोगशाला सुविधा, ईसीजी लगायतको सुविधा उपलब्ध गराइएको हो । सो अवसरमा पाँच लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको लायन्स क्लब विराटनगर सोसियलका अध्यक्ष लीला ढुंगेलले जानकारी दिए ।

बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईं, उपाध्यक्ष भवानी खतिवडा, बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्ले लगायतको उपस्थितिमा शिविर सम्पन्न भएको हो ।

View : 104

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved