विराटनगर । एसइई परिक्षा २०८० को परीक्षाफलमा ४ जीपीए ल्याउने विराटनगर–५ स्थित एभरेष्ट स्कुलका तीन जना विद्यार्थीले उच्च शिक्षाका लागि पनि सोही विद्यालय रोजेका छन् । उनीहरुले कक्षा ११ र १२ को अध्ययन पनि एभरेष्टबाटै गर्ने निर्णय गरेका हुन् । विद्यार्थीहरुले गुणस्तरीय शिक्षाको लागि एभरेष्ट नै अब्बल महसुस गरेको भन्दै उच्च शिक्षा पनि सोही स्कुलमा पढ्ने बताएका छन् ।
मोरङ जिल्लाबाट ८ जनाले ४ जीपीए ल्याएका छन् । उनीहरु मध्ये एभरेष्टबाट मात्रै तीन जनाले ४ जीपीए ल्याएका थिए । ४ जीपीए ल्याउनेमा कृतज्ञ दाहाल, राजुकुमार साह र सुब्रत बराल रहेका छन् । उनीहरुले कक्षा १२ सम्मको पढाई एभरेष्टबाट नै पूरा गर्ने भएका हुन् ।
एभरेष्टबाट २१२ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । एभरेष्टका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देशभरबाट करीव ४८ प्रतिशत, कोशी प्रदेशबाट प्रदेशबाट ५३ प्रतिशत विद्यार्थी उत्तिर्ण हुँदा ४ जीपीए ल्याउने तीनसहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएपछि एभरेष्टको नतिजा प्रदेशकै उत्कृष्ट रहेको स्कुलले दाबी गरेको छ ।
भौतिक पूर्वाधारले सम्पन्न एभरेष्ट कलेज यतिबेला विद्यार्थीहरुको आकर्षण बन्दै गएको छ । शैक्षिक गुणस्तरसँगै नवीन प्रविधिको प्रयोग, पर्याप्त खेलकुदका गतिविधि, वातानुकुलित कक्षा कोठाजस्ता विषयले अभिभावक तथा विद्यार्थीहरुको आकर्षण बनेको जनाइएको छ ।
चुस्त शैक्षिक प्रशासन, अनुभवी शिक्षक–शिक्षिका, कुशल प्रशासक तथा हरेक वर्ष आउने शैक्षिक नतिजाले एभरेष्टले आफ्नो उत्कृष्टतालाई पुष्टि गर्दै आएको प्रिन्सिपल टिकाराम पुरीले बताए ।
विराटनगरमै विश्वस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उद्देश्य बोकेको एभरेष्टले पछिल्लो समय अन्तर्राष्ट्रियस्तरको कम्प्यूटर शिक्षाका लागि बेलायतको डीजी स्कुल, विद्यार्थीहरुको आत्मविश्वास वृद्धि गर्दै खुसी रहन सिकाउने नयाँ दिल्लीमा सफल प्रयोग भएको ह्याप्पीनेस करिकुलम, उत्कृष्ट शिक्षण पद्दति अपनाउन ललितपुरको रातो बंगला फाउण्डेशन र विज्ञान सम्बन्धि अन्वेषणका लागि कारखानाजस्ता प्रतिष्ठित संस्थाहरुसँग सहकार्य गर्दै आएको पुरीले बताए ।
View : 1829
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved