Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

श्रीलंका टापुमा स्वास्थ्य शिविर

उद्‌घोष संवाददाता
३ पुष २०८०, मङ्गलवार

सुनसरी । सुनसरीको विकटक्षेत्र मानिने श्रीलंका टापुका स्थानीयलाई लक्षित गरी आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा तीन सय जनाभन्दा बढी सेवा लिएका छन् ।

नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश र बराहक्षेत्र नगरपालिकाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको संयोजनमा भएको शिविरमा स्त्री तथा प्रसुती, नाक कान घाँटी, आँखा, मधुमेह लगायतको रोगको भिडियो एक्सरे सहितको निशुल्क सेवा दिइएको थियो । 

सप्तकोशी नदीको भंगालो बीचमा रहेको टापुका बासिन्दालाई स्वास्थ्य सेवा लिन कोशी नदीमा डुंगा तरेर धरान र विराटनगर जानुपर्ने बाध्यता छ ।

बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ मा पर्ने श्रीलंका टापुमा १२ हजारभन्दा बढी मानिसको बसोबास रहेको छ ।

मधेसको आदिवासी चन्दवंशी लगायतको जातजातीको बसोबास रहेको श्रीलंका टापुका स्थानीयलाई स्वास्थ्य सेवा लिन शिविरकै भर पर्नुपर्ने बाध्यता रहेकाले निशुल्क स्वास्थ्य शिविर गरिएको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेश अध्यक्ष अजिता देबकोटा बास्तोलाले जानकारी दिइन् ।

नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको उपस्थितिमा भएको शिविरमा जिल्ला अस्पताल सुनसरी, विराट शिक्षण अस्पताल र कोशी प्रदेश प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए ।

View : 411

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved