Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

नौ जना बन्दकर्ता पक्राउ

उद्घोष सम्वाददाता
१ पुष २०८०, आइतवार

विराटनगर : पहिचानका नाममा सडक अवरोध गर्न हिंडेका नौ जनालाई सुनसरी र झापाबाट प्रहरीले शनिबार पक्राउ गरेको छ । उनीहरूले यातायात बन्द गराउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला सचिव तथा संघर्ष समितिका सचिवालय सदस्य शिवहाङ राई, जनता समाजवादी पार्टी(जसपा) धरान–१५ का हरि राई, जसपा युवा संघ सुनसरीका अध्यक्ष करूण राई, जसपा धरानका सहसचिव सुमन चेम्जोङ छन् । यस्तै किराँत राई यायोख्खा सुनसरीका सहसचिव शम्भु राई पनि पक्राउ परेका छन् ।

यसैगरी झापाको कमल गाउँपालिका स्थित पूर्व–पश्चिम राजमार्गको केर्खामा सडक अवरोध गर्न खोज्ने संघीय लोकतायन्त्रिक मञ्चमा आवद्ध इलाम चुलाचुली ध्रुव लावती, लिम्बुवान कार्यकर्ता झापा शिवसतासी–७ का उदयशिगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जसकुमार तामाङ र संघीय लिम्बुवान चुलाचुलीका अध्यक्ष नरेश लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदेशको नाम कोशी राखिएको विरोधमा पहिचानको नारा दिएर लामो समयदेखि आन्दोलन जारी  छ ।

आन्दोलनका क्रममा घाइते भएर एकको मृत्यु भएपछि संघर्ष सशक्त बनाउँदै कोशी प्रदेशका सांसदबिरूद्ध बहिस्कारको आन्दोलन जारी रहेको बताइएको छ । आन्दोलनकारीले विषेश गरेर नेकपा एमालेका नेताहरूविरूद्ध आन्दोलन लक्षित गरेको पाइएको छ ।
 

View : 129

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved