विराटनगर । कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री केदार कार्कीले शुक्रवार ओखलढुङ्गाका प्रदीप सुनुवारलाई स्वास्थ्य मन्त्री र उदयपुरका रामकुमार खत्रीलाई उद्योग, कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका हुन् । उनले दुई राज्यमन्त्रीमा धनकुटाकी इन्दिरा थापा र सुनसरीकी सुनिता कुमारी गुरुङलाई नियुक्त गरेका छन् ।
थापा आर्थिक मामिला तथा योजनाको राज्यमन्त्री र गुरुङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा नियुक्त भएका हुन् । चारै जना नेपाली काँग्रेसबाट मन्त्री बनेका हुन् ।
मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रबाट उदयपुरका नारायण बहादुर मगरलाई खानेपानी, सिँचाई तथा उर्जामन्त्री नियुक्त गरेका छन् । सङ्खुवासभाका राजेन्द्र कार्की सामाजिक विकास मन्त्रीमा नियुक्त भएका हुन् ।
View : 403
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved