Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

खैरो हेरोइनसहित ६ पक्राउ

उद्‌घोष सम्वाददाता
४ चैत २०८१, सोमवार

विराटनगर । झापाको विभिन्न स्थानहरुबाट लागुऔषध खैरो हेरोइनसहित ६ जनालाई प्रहरीले  पक्राउ गरेको छ ।

विराटनगर–१५ मा लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा धनकुटा शहीदभूमि गाउँपालिका–४ का ३१ बर्षीय शिव राईलाई २ ग्राम ७१ मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–२ का २५ बर्षीय दिपक तामाङ, २६ बर्षीय मनिस तामाङ, २० बर्षीय रोहन निरौला, २६ बर्षीय मानव लिम्बूलाई ट्रमाडोल १८० क्याप्सुल, स्पासमिड ३७० ट्यावलेट र नगद ४९ हजार ५ सय रुपैयाँसहित पक्राउ गरेको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोद झापाले बिर्तामोड नगरपालिका–४ का अभिशेख साहलाई १ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको छ ।

View : 172

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved