Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

‘पर्खि बसें तिमीलाई’ मा प्रेम र विछोडको कथा

उद्घोष सम्वाददाता
१० पुष २०८०, मङ्गलवार

काठमाडौं । यही पुस २७ गतेबाट प्रदर्शनमा आउन लागेको दीपक श्रेष्ठ निर्देशित फिल्म ‘पर्खि बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सोमबार सार्वजनिक ट्रेलर नव–अभिनेता किरण श्रेष्ठ र नव–अभिनेत्री रक्षा बुढाथोकीबीचको प्रेममा आउने उतार–चढावमा केन्द्रित छ । ट्रेलरमा अभिनेता शिव श्रेष्ठ रिसाहा पिताको रुपमा चित्रित छन् भने विल्सन विक्रम राईलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

राजाराम बुढाथोकीको निर्माण र कोमल गुरुङको सह–निर्माण रहेको फिल्ममा अनिशा रसाइली, मनिष श्रेष्ठ आदिको पनि अभिनय छ ।

फिल्ममा शम्भुजित बाास्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, संकल्प भुजेलको छायांकन, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, भुपेन्द्र अधिकारीको सम्पादन, निशा रसाइली र रामजी लामिछानेको कोरियोग्राफी छ ।

निर्देशक श्रेष्ठले किरण र रक्षामा क्षमता देखेर नै डेब्यू गराएको बताएका छन् । दुवैको अभिनय निकै परिपक्व रहेको उनको दाबी छ ।

उनले यसअघि फिल्म ‘पर्खि बसें’बाट राजबल्लभ कोइराला र युना उप्रेतीलाई डेब्यू गराएका थिए । दुई दशकअघिको सफल फिल्म ‘बादलपारी’को चर्चित गीत ‘कालो चश्मा लाऊ है मैया विशाल बजारको’लाई रि–एरेञ्ज गरेर फिल्ममा समावेश गरिएको छ ।

View : 44

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved