फाइल फोटो ।
झापा । इलाका प्रहरी कार्यालय दमकले जुवातास खेलेको आरोपमा १८ जनाको समुहलाई पक्राउ गरेको छ ।
झापा शिवसताक्षी नगरपालिका–११ नहरचोकस्थित चन्द्रमणी रिमालको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शिवसताक्षी–५ का मुकेश राउत, गौरीगञ्ज गाउँपालिका–१ का ४७ वर्षीय हरि राजवंशी, शिवसताक्षी–११ का ६२ वर्षीय चन्द्रमणि रिमाल, ४५ वर्षीय राजेन्द्र बाँस्कोटा, ४९ वर्षीय दिपेन्द्र घिमिरे, ४७ वर्षीय राजेन्द्र बुबर, शिवसताक्षी–७ का ५४ वर्षीय छत्र बहादुर सोडारी, ६१ वर्षीय मणी खड्का, ३२ वर्षीय राजु दर्जी पक्राउ परेका छन् ।
त्यसैगरी ५१ वर्षीय तुला सुब्बा, ६९ वर्षीय सिताराम कार्की, ४३ वर्षीय खडी बहादुर श्रेष्ठ, शिवसताक्षी–४ का २४ वर्षीय सेवराज राजवंशी, ३६ वर्षीय रूप नारायण साह, ३५ वर्षीय मनोज साह, शिवसताक्षी–९ का ३३ वर्षीय निरज दुलाल, ५६ वर्षीय मोहन प्रसाद दुलाल र शिवसताक्षी–६ का ४८ वर्षीय लोकनाथ दुलाललाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले जुवाको खालबाट नगद ४ लाख ५४ हजार ५०० रुपैयाँ समेत बरामद गरेको जनाइएको छ । उनीहरू माथि आवश्यक कानुनी कारवाही अघि बढाइएको दमक प्रहरीले जनाएको छ ।
View : 245
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved