विराटनगर, १६ असोज । विराटनगर ४ स्थित नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी ( एनआईटी)ले नया शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ ।
प्राविधिक शिक्षा अध्यापन गर्दै आएको एनआईटीले एक कार्यक्रमको आयोजना गरि नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो ।
सो कलेजको २०८१/८२ को नया शैक्षिक सत्रमा ७० जना विद्यार्थी भर्ना भएका छन ।
जस अन्तर्गत सामान्य चिकित्सामा ४० र ल्याब टेक्निसियनमा ३० जना विद्यार्थी भर्ना भएको एनआईटीका प्रिन्सिपल जितेन्द्र झाले जानकारी दिए ।
सो अवसरमा एनआईटीका निर्देशक भगवान झाले हाल प्राविधिक शिक्षाकै जमाना रहेको बताउदै एनआईटीले गुणस्तरिय प्राविधिक शिक्षा अध्यापन गर्दै आएको बताए ।
सिटिईभिटिका कोशी प्रदेश निर्देशक संजय कुमार न्यौपानेले प्राविधिक शिक्षामा एनआईटीले राम्रो शाख बनाएको बताए । सो अवसरमा भर्खरै सरुवा भई आएका सिटिईभिटिका कोशी प्रदेश निर्देशक न्यौपानेलाई सम्मान गरिएको थियो ।
कलेजका निर्देशक झा र ब्यवस्थापन समिति सदस्य विपुलेन्द्र झाले उालाई सम्मान गरे ।
सो अवसरमा विद्यार्थीहरु कंचन कार्की,ईशा चौधरी र अर्चना साह लगायतले सांस्कृतिक नृत्य सहितका कार्यक्रम प्रस्तुत गरेका थिए ।
View : 90
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved