विराटनगर, ९ मंसिर । १० औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा घरेलु तथा साना उद्योग कार्यालय मोरङ र नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको आयोजनामा आइतबार विहान प्रभातफेरि गरिएको छ ।
'उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि' भन्ने नारासहित तोदी भवनस्थित महासंघको कार्यालयबाट शुरु भएको प्रभातफेरि बरगाछीस्थित इन्द्रेणी पार्टी प्यालेसमा पुगेर समापन भएको थियो ।
समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई, घरेलु कार्यालय मोरङका उद्योग अधिकृत भवानी घिमिरे, नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला, कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका रामकुमार श्रेष्ठ, महासंघ मोरङका महासचिव उत्तम श्रेष्ठ, महासंघ महिला उद्यम समिति मोरङकी अध्यक्ष अम्बिता भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा विराटनगर महानगरपालिका–४ की प्रमिला देवकोटा पौडेल र सुन्दरहरैंचा नगरपालिका–१० का युवराज हुमागाँईलाई उत्कृष्ट उद्यमीको रुपमा सम्मान गरिएको थियो ।
View : 719
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved