Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

आमाबाबुले अर्कै विहे गरेपछि विचल्ली परेका अरूणलाई सहयोग

उद्घोष सम्वाददाता
२० कार्तिक २०८०, सोमवार

रंगेली : रंगेली नगरपालिका–१  स्थित त्रिभुवन मावि गोहीगाडाले कक्षा ५ मा अध्ययनरत छात्र अरुण मुसहरको उपचारर्थ आठ हजार ९ सय रकम हस्तान्तरण गरेको छ ।

बाबुआमा छुट्टाछुट्टै घरजम गरि बस्दै आएकोले अरुणलाई उनका हजुरबाले हेरचाह गर्दै आएका छन् ।  

अति विपन्न मुसहरु समुदायका अरुणको  दाहिने हात भाँचिएकोले उपचार गर्न समस्या छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अशोककुमार साह र प्रधानाध्यापक केशरवहादुर बानियाँले संयुक्तरूपमा  अरूणका हजुरबुवालाई सो सहयोग रकम आइतबार हस्तान्तरण गरेको शिक्षक विजयप्रभात खवासले जानकारी दिए ।

रंगेली–१ मा बसोवास गर्ने  मुसहर परिवार अति नै विपन्न रहेकाले विद्यार्थीको तत्परतामा अरुणको उपचारर्थ स्वःफूर्त रकम संकलन गरिएको  बाल क्लबका अध्यक्ष समीक्षा खवासले बताइन् ।  
 

View : 169

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved