Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कारभित्र भेटियो बन्दुक

उद्‌घोष संवाददाता
९ असार २०८२, सोमवार

Advertisement

 विराटनगर  । असार ९ सुनसरीको बराहक्षेत्र नगरपालिका ५ को अमहा सिमासार जंगलमा कारभित्र बन्दुक फेला परेको छ। जंगलको भित्री सडक खण्डमा कारभित्र राइफल जस्तै बन्दुक भेटिएको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले दिएको जानकारी अनुसार धरानबाट कालाबञ्जारतर्फ आउँदै गरेको बा ६ च ८४०३ नम्बरको कालो रंगको कारलाई प्रहरीले शंका लागेर सोमबार बिहानको राति करिब १ बजेतिर रोक्न खोजेको थियो। त्यस क्रममा कार छाडेर कारभित्र रहेका ४–५ जना व्यक्ति फरार भएको खतिवडाले बताए। कारभित्र ‘मेडइन इङल्याण्ड’ लेखिएको राइफल आकारको बन्दुक फेला परेको हो। सडकमै कार छाडेर त्यहाँभित्र रहेकाहरु भागेपछि प्रहरीले जंगलमा पनि ‘सर्च’ गरेको तर फेला नपरेको प्रहरी भनाइ छ ।

 

View : 396

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved