सुन्दरहरैंचा । सुन्दरहरैंचा नगरपालिका–१० स्थित इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको शनिबार दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इन्द्रपुर खानेपानीको समस्या समाधानमा पहल गर्ने प्रतिवद्वता व्यक्त गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष नवराज चापागाईंले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उनले २०६५ सालमा स्थापना भएको इन्द्रपुर खानेपानीमा नगरको १२ वडा मध्ये १,९,१०,११ र १२ भित्रका ७ हजार ४ सय ९९ घरधुरीका करिव ४० हजार जनसंख्यालाई दैनिक शुद्वपानी वितरण गर्ने गरेको जानकारी दिए ।
कार्यक्रममा लेखा समितिको प्रतिवेदन हेमराज सुवेदी र ताराराज ढकालले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारी प्लम्बर मनोजकुमार थापालाई नगद पुरस्कारसहित विशेष सम्मान गरिएको थियो ।
यसैगरि नियमित रूपमा समयमै खानेपानी महसुल भुक्तानी गर्ने उपभोक्ताहरू मध्ये ५ जनालाई पुरस्कृत गरि सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरूमा चुडामणि नेपाल, कमला पौडेल, दिलमाया घिमिरे, राधिका लिम्बू र मुनाकुमारी विश्वकर्मा रहेको संस्थाका सचिव अर्जुन गजुरेलले बताए ।
View : 78
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved