Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

मोरङमा हात्तिपाइले रोगको सर्भे गरिने

उद्‌घोष सम्वाददाता
१९ पुष २०८०, बिहिवार

विराटनगर । मोरङका विभिन्न पालिकाका ६ वटा वडामा हात्तिपाइले रोगको सर्भे गरिने भएको छ । ६ वटा वडालाई तीनवटा ब्लकमा राखेर सर्भेको तयारी गरिएको हो ।

ब्लक ‘ए’ मा सुन्दरहरैंचा–५ र केराबारी–६, ब्लक ‘बी’ मा पथरीशनिश्चरे ६ र रतुवामाई ७, ब्लक ‘सी’मा विराटनगर–१२ र सुनबर्षी ९ नं. वडालाई छनौट गरिएको छ । ब्लक ‘ए’ मा मिक्लाजुङ, लेटाङ, केराबारी, सुन्दरहरैंचा र बुढीगंगा रहेका छन् । ब्लक ‘बी’ कटहरी, ग्रामथान, बेलबारी, कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी र रतुवामाई, ब्लक ‘सी’मा सुनबर्षी, रंगेली, विराटनगर, धनपालथान र जहदा गाउँपालिका रहेका छन् । 

तीन वटा ब्लकमा गरिने सर्भेका आधारमा सोही स्थानमा मात्र हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान चलाइने भएको छ । ६ वटा वडाका करिव १५० घरसंख्याका आधारमा (टोल वा गाउँको सीमाना छुट्टिने गरी) सो स्थानलाई विभाजन गर्ने र  एउटा छान्ने विधिबाट नमूना लिने तयारी गरिएको छ ।

छनौट गरिएको संख्यामा २ वा सो भन्दा कम हात्तिपाइले देखिएमा सर्भेलाई पास भएको मानिने र ३ वा सो भन्दा बढीमा हात्तिपाइले देखिएमा सर्भेलाई असफल भएको मानिने बताइएको छ ।

मोरङमा विगत ११ वर्षको तथ्याङ्कलाई हेर्दा हात्तिपाइले निवारण कार्यक्रम प्रभावकारी हुँदै गएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले बताए ।

हात्तिपाइले निवारणका लागि सन् २००१ म गरिएको बेसलाइन सर्भेमा आम औषधि सेवन अभियानको कभरेज १३ दशमलव ६ रहेको उनले बताए । सन् २०१२ देखि नियमित रुपमा हरेक वर्ष औषधि खुवाइदै आइएको छ ।

View : 133

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved