Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

नम्बरप्लेट र पार्टपूर्जा कीर्ते गरिएका दुईवटा सवारी साधन नियन्त्रणमा

उद्‌घोष संवाददाता
१२ माघ २०८२, सोमवार

सुनसरी । भारतबाट भन्सार छलेर तथा चोरी तस्करी गरी ल्याइएका सवारी साधन नियन्त्रणका लागि अभियान चलाएको कोशी प्रदेश ट्राफिक प्रहरीले थप दुईवटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

ती सवारी साधन आवश्यक कागजातबिना तथा नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन भैरहेका थिए । 

नियन्त्रणमा लिइएका ती दुईवटा चारपांग्रे सवारी साधनलाई प्रहरीले थप कानुनी कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले विशेष सूचनाको आधारमा सवारी चेकजाँच गर्ने क्रममा ती सवारी साधनहरू नियन्त्रणमा लिएको आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । 

धरान उपमहानगरपालिका–१७ बाट बा ८ च ९५१९ नम्बरको सिल्भर रङको हुन्डाई कम्पनीको कार र इटहरी उपमहानगरपालिका–५ बाट मे १ च ३८४६ नम्बरको सेतो रङको महेन्द्रा कम्पनीको बोलेरो जिप नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

जाँचका क्रममा उक्त सवारी साधनहरूमा प्रयोग गरिएका सवारी नम्बर, इञ्जिन नम्बर र चेसिस नम्बर यातायात व्यवस्था कार्यालयको अभिलेखमा फेला नपरेको तथा ती नम्बरहरू परिवर्तन गरी गैरकानुनी रूपमा सञ्चालन गरिएको पुष्टि भएको गिरीले बताए । 

यसअघि पनि कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले पहाडी जिल्लाबाट पाँचवटा बोलेरो नियन्त्रणमा लिएर भन्सार कार्यलयमा बुझाएको थियो ।

View : 163

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved