विराटनगर । राजवंशी चलचित्रकर्मी समाद समितिले आफ्नो दशौं वार्षिकोत्सव, नयाँ वर्ष २०८३ एवम् सिरुवा पर्वको अवसरमा विराटनगर–८ हाटखोलास्थित बालकृष्ण पोखरेल नाटकघरमा विविध कार्यक्रम गरी मनाएको छ ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विराटनगरका राजवंशी समुदायमा आधारित सांगीतक संगीतको भिडियो, राजवंशी वृत्तचित्र साँस्कृतिक तथा पारम्परिक खानपान प्रदर्शन गरिएकाे थियाे ।
राजवंशी समुदायको महान् पर्व सिरुवाको तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदानसहित गरिएको थियो ।
राजवंशी संस्कृति, कला र पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने आयोजक समितिका अध्यक्ष दीपनारायण राजवंशीले बताए ।
View : 272
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved